नेलम्बो पुग्यो पुनः प्रहरी समक्ष

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७
nelambu nepal progrem photo

नेलम्बो नेपाल स्वास्थ्य सचेतना सामग्रीसहित पुन प्रहरी समक्ष पुगेको छ ।

संस्थाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको हो । संस्थाले तेस्रो चरणमा समुदायलाई सचेतना सामग्री वितरण गर्दै आएको छ ।

संस्थाले शनिवार एक हजार सुरक्षाकर्मीलाई पुग्ने गरी जनही १ थान एन् ९५ माक्स, पकेट सेनीटाइजर र दुई हजार स्वास्थ्य सचेतनामूलक ब्रोसर वितरण गरेको हो ।

यसका साथै कार्यालय प्रयोजनका लागि ७÷७ थान हेन्ड फ्रि सेनिटाइजर स्ट्याण्ड र पाँच सय मिलिलिटरको सेनिटाइजर पनि उपलब्ध गराएको छ । संस्थाले एक लाख २३ हजार ५ सय २५ बराबरका सामग्री प्रदान गरिएको नेलम्बो नेपालका उपाध्यक्ष सरोज कोइरालाले जानकारी दिए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, उपाध्यक्ष सरोज कोइरालाले उक्त सामग्री प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ र नायव उपरीक्षक सुभाष हमाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले कोरोना महामारीमा अग्रपंतिमा खटिने सुरक्षाकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीले थप मनोवल प्रदान गर्ने धारणा राखे।

उनले आगामी दिनमा पनि सुरक्षाकर्मीसँग स्वास्थ्य सम्बन्धी कार्यहरु गर्न संस्था तयार रहेको स्पष्ट पार्दै प्रदान गरिएका सामग्री जिल्ला प्रहरी कार्यालय माताहतका सम्पूर्ण सुरक्षाकर्मी माँझ पुग्नेमा विश्वास व्यक्त गरे ।

सहयोगप्रति आभार प्रकट गर्दै प्रहरी कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेलम्बोले दोस्रोपटक स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको जानकारी दिए। उनले महामारीको समयमा दैनिकजसो संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेकोमा उक्त कार्यको प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width