अटो दुर्घटनामा ४ घाइते

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७

नवलपरासी ।  पूर्वी नवलरासीको गैंडाकोट–११, हर्कपुरचोकमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२ह ५१३० नम्बरको अटोलाई सोही दिशाबाट आउँदै गरेको बा१०च ४७१० नम्बरको कारले ओभरट्रयाक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार ४ जना घाइते भएका हुन् । दुर्घटनामा परी गैँडाकोट–१२ निवासी २१ वर्षीया कोपिला आले गम्भीर घाइते भएकी छन् । उनको निधार र शरिमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

सोही स्थानका २२ वर्षीया पुनम आले, ७ वर्षीया स्मारिका आले र २ बर्षीय बालक रिजन आले सामान्य घाइते भएका छन् ।

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width