पर्यटन व्यवसायी दवाडीलाई पत्नीशोक

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७

पोखरा । पोखराका पर्यटन व्यवसायी वसन्तराज दवाडीलाई पत्नीशोक परेको छ । उनकी ४७ वर्षीया धर्मपत्नी भगवती पोखरेल दवाडीको फिस्टेल अस्पतालको सधन उपचार कक्षमा उपचार हुँदै आएकोमा बिहीबार राति निधन भएको हो । उनी केही महिनादेखि क्यान्सरबाट पीडित रहेको परिवाजनले जनाएको छ ।

स्व। दवाडीको शुक्रबार पोखरा सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । गण्डकी प्रदेश सदस्य रामजी बराल ९जीवन०, राजीव पहारी, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, पर्यटन व्यवसायी लगायतले रामघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

माछापुच्छे«–३, घाचोक स्थायी घर भइ हाल पोखरा–५, मालेपाटन निवासी दवाडी दम्पतीका एक छोरा र एक छोरी छन् ।

वसन्तराज दवाडी टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष एवं नेपाल हवाई खेलकुद संस्था ९ना० का वरिष्ठ उपाध्यक्ष छन् ।