छतबाट खसेर महिलाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७७
google-ai-predict-death-artificial-intelligence

घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

तनहूँ जिल्लाको व्यासनगरपालिका–१ भादगाउँमा डेरा गरी बस्दै आएकी ३० बर्षीय मन्जु भुजेलको छतबाट खसेर मृत्यु भएको हो ।

मृतक भुजेल लमजुङ घर भई हाल तनहुँस्थित ब्यास–१ भादगाउँमा डेरा गरी बस्दै आएका बिन्दु भुजेलको धर्मपत्नी हुन्।

उनको अचानक घरको छतबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए।

गम्भीर घाइते भएकी भुजेलको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख पौडेलले बताए । घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

मृतक महिलाका एक छोरा र एक छोरी रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width