कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न भएको छ। मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो।
मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो । उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए।
आयोजना गत चैत पहिलो सातानै सम्पन्न भएको थियो । “आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ, अवको १५ दिन परीक्षणकाल रहनेछ”, उनले भने।
चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताइन्छ । निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाई हुँदा कम्पनीलाई रु १५ करोड हाराहारीमा घाटा भएको बताए।
ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको रु एक अर्व ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको रु ९० करोड गरी रु दुई अर्व २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताए। आयोजनामा ६९९ जनाले रु ६७ करोड ५० लाख लगानी गरेका छन्।
त्यसैगरी सर्वसाधारण(पव्लिक) शेयर रु १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि रु नौ करोड शेयर निष्काशन गरिने आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि विसं २०६७ मै लाइसेन्स प्राप्त गरेपनि त्यसपछि विसं २०६९ मा मादीको सिल्दजुरेमा गएको ठूलो पहिराका कारणले मादी नदी थुनिदा आयोजनाको पुर्नःसर्वेक्षण गर्नुपरेकाले काम शुरु गर्न ढिलाई भएको बताइन्छ ।
सो आयोजनाको माथि ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने त्यसभन्दा तल २५ मेगावाट क्षमताको अपर मादी विसं २०७३ मङ्सिरमा सम्पन्न भएको थियो।
Related News
सम्बन्धित समाचार
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७