लालपूर्जा छ खेत छैन

सविन लामिछाने सविन लामिछाने
भाद्र २५, २०७७
IMG_20200910_113438_DRO

व्यास नगरपालिका वडा ६  भत्तेकीका जितबहादुर प्रधानको सात रोपनी खेत साँगे  खोलाले कटान गरेर बगरमा परिणत गरिदिएको छ। आफ्नै खेतबाट हुने उब्जनीले साँझ विहान खान पुग्ने प्रधानले अहिले अरुको खेत अधिया बटैयामा लगाउने सोचेका छन्। ‘खेत त सात रोपनी छ। तर, सबै बगरमा छ’ उनले भने ‘हातमा सात रोपनी खेत को पुर्जा छ । तर, खेतमा खोला हिंडेको छ । ढुंगो माटो खान भएन् ।’

उनि हरेक दिन जसो खोला किनार पुग्छन र आफ्नो वगरमा परिणत भएको जमिन नियाल्छन् । बगर बनेको खेत हेर्ने शिवाय अरु विकल्प पनि छैन्।  ‘धान, मकै खेती हुने खेत थियो। अहिले ढुंगा, गिट्टी र बालुवा मात्रै छ’ उनले भने।

गत २३ गते आएको बाढीले स्थायिन तीन जनाको खेत खोलाले बगर बनाएको छ ।  त्यस्तै सोही  वडाको   लोध निवासी पूर्णसिं गुरुङको पनि सात रोपनी खेत साँगे  खोलाले कटान गरेर बगरमा परिणत गरिदिएको छ।  उनले भने–‘कहिले तटबन्ध होला र खेत निस्केला भन्ने आशा छ।’ बर्खायाममा  खोला  दुई भंगालामो बग्ने गर्छ ।

‘हरेक बर्ष खोला वर वर सर्दै आएको छ’ गुरुङले भने,‘खै तटबन्ध भएको छैन् । बगरको खेत  हेर्ने र तटबन्ध कुर्ने काम मात्रै भएको छ । २०४२  सालमा साँगे खोला मा ठुलो बाढी आयो । त्यो बाढीले दर्जनौं वस्ती विस्थापीत गर्यौ ।  हजारौं जमिन बगरमा परिणत गर्यो।  बाढीले खेतीबारी बगर भएर पछि बस्ती नै रित्तीने क्रममा आयो । विगत सम्झदै सोही ठाँउका गोविन्द लामिछानेले भने–‘पहिला खेती गदै  बसेको ठाउँमा खोला हिंडेको छ । अहिले त ढिकमा घर छ । खोलाको तटबन्धको लागी धेरै पटक योजना माग्यौं । तर, हाम्रो तिर कार्यक्रमनै पर्दैन। पहुँच नपुगेर त होला ।’

साँगे खोलाले पुर्जावाला खेत कटान गरेको छ । त्यो खेत को अझैं खेत धनीले मालपोत कर बुझाउदै आएका छन् । ‘मालपोत त बुझाउनै पर्यो। हातमा खेत को लालपुर्जा छ । तर, खेत  भने बगर बनेको छ। कुनैदिन खेत  उकासिएला भन्ने आशाले मालपोत बुझाउने गर्छौं’ पूर्णसिंले भने–‘आफूलाई खान लगाउन पुग्ने खेत  थियो । तर, खोलाले काट्दा गरिब बनायो । अधिया बटैया लगाएर घर खर्च जुटाउनु परेको छ ।’ खेती गर्ने खेतबारी बगर भएपछि गाँउमै विस्थापित हुने क्रममा रहेको स्थानिय पुरुषोत्तम लामिछानेले बताए । उनले भने,“गाँउको विकासमा कसैले ध्यान दिएन्, गरिखाने खेतीबारी खोलाले लगेपछि यहाँका दजानौ बासिन्दा बसाईसराई गरेका छन् । ”

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads