पोखरा । पोखरा महानगरपालिकामा १३ करोड रुपैयाँ तलमाथि परेको भन्दै त्यसको पारदर्शी हिसाब खोज्दै आन्दोलन चर्किएको छ ।
‘जाऔं पोखरा’ अभियानअन्तर्गत स्वतःस्फूर्त युवाहरुले पोखरा महानगर कार्यालय अगाडि धर्नापछि बुधबार अख्तियार कार्यालय नै पुगेका छन् ।
कर्मचारी सेवा ऐन, २०७६ खारेज गर भनी तीनबुँदे मागसहितको कालो ब्यानर र सो कार्यक्रममा संकलन गरिएको हस्ताक्षर प्रदान गरी महानगरको धर्ना स्थगित गरेर नयाँबजारस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयमा १ घण्टा धर्ना दिइएको हो ।
यस्तै, अभियानमा सहभागीहरुले अख्तियारका पोखरा कार्यालय प्रमुख विपीन आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको जानकारी विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं अभियन्ता शंकर खरालले बताए ।
धर्नाका क्रममा सहभागीहरु मौन रही ‘महानगरमा भ्रस्टाचार छ, अख्तियार खोइ कहाँ छ ?’ नाराअंकित कालो ब्यानर प्रदर्शन गरिएको थियो ।
महानगरको १३ करोड रुपैयाँको हिसाबकिताब पारदर्शी नभए अब आन्दोलनका क्रममा जस्तोसुकै अवस्था सिर्जना गर्न आफूहरु पछि नपर्ने अभियन्ता गोमा पराजुलीले बताइन् ।
यसअघि, महालेखापरीक्षकको प्रतिवेदनले २०७५/०७६ मा पोखरा महानगरपालिकाको १३ करोड रुपैयाँ तलमाथि भएको रिपोर्ट निकालेको थियो । जसमा राजश्व शाखाको तथ्यांक र बैंकमा जम्मा भएको रकमबीच १३ करोडको फरक छ ।
मुक्तिनाथ विकास बैंकबाट त्यस वर्ष १ अर्ब २६ करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको सञ्चित खातामा जम्मा भएको छ । तर राजश्व शाखाको तथ्यांकले १ अर्ब ३९ करोड राजश्व उठेको देखाउँछ । त्यसैले मलेपको प्रतिवेदन आएपछि अभियानका सहभागीले तलमाथि भएको १३ करोडको हिसाब माग गरेको बताएका छन् ।
‘जागौं पोखरा अभियान’ का अभियन्ताले अघिल्लो महिना पनि ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन गरेका थिए ।
त्यसबेला मेयर मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गर्दै वास्तविक हिसाबकिताब सार्वजनिक गर्न २५ दिनको समय माग गरेका थिए । तर उनले भनेजस्तो ११ करोड रुपैयाँ पनि राजस्व खातामा जम्मा नभएको अभियन्ता दीपक आचार्य दाबी गर्छन् ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१