वर्षासँगै उच्च जोखिममा परेका नागडाँडा बजारका घरहरु ।
हेमजा । मंगलवार राति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिकाका १० घर जोखिममा परेका छन् ।
वडा १ नागडाँडा बजारस्थित कमल कुँवर, होमबहादुर कुँवर, मीरा कुँवर, गादीमोहन सुवेदी, धर्मदत्त सुवेदी, शम्भु केसी, बालकृष्ण अधिकारी, रामबहादुर केसी र मोहनध्वज कुँवरको घर उच्च जोखिममा परेका हुन् ।
त्यस्तै वडा २ दीपस्थित पार्वती अधिकारीको घर पनि उच्च जोखिममा छ । वर्षाले अन्नपूर्ण–१, अधिकारीडाँडा निवासी लले विकको घर बगाउँदा उनको परिवार विस्थापित समेत भएको छ।
अन्नपूर्ण १ स्थित देउराली रिर्सोटको डाँडा खसेर लेवाडेमा केही घण्टा पोखरा–बाग्लुङ राजमार्ग समेत अवरुद्घ भएको थियो । सोही पहिरोले स्थानीय सुशील भट्टचन र युवराज केसीको घरमा पनि क्षति पुगेको छ।
सिर्जना माध्यमिक विद्यालय, नागडाँडाहुँदै कार्कीको तहरा जाने ग्रामीण सडक, लेवाडे जौघरे सिरान घुम्तीको मुक्तिराम दाहालको धानखेत, छवि स्मृति ग्रामिण सडक एवं ठालेमेला, बगर र जन्मनजयको ढुङ्गा आसपासको जग्गामा समेत क्षति पुर्याएको बताइएको छ ।
वर्षाले अन्नपूर्ण २ अन्तर्गत सेराचौर दलित वस्ती हुँदै दीपको डिल जोड्ने पैदलमार्गको करिब २० मिटर सिढी बगाएको छ ।
त्यस्तै, ठूलाचौर ग्रामीण सडकमा क्षति पुगेको छ । वर्षाले वडा २, प्याउदीकी जमूना दाहालको परिवारलाई गत साउनको अन्त्यमा विस्थापित पनि गराएको थियो ।
अन्नपूर्ण–३, पाउँदुरकोटका मुक्ति पौडेलको घरमा समेत वर्षाले क्षति पुगेको छ।
वर्षाका कारण गाउँपालिकाभर ३ करोड रुपैयाँ हाराहारीका क्षति पुगेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। उनले बढी मात्रामा वडा १ र २ मा क्षति भएको बताए।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७