कोभिड–१९ खोप परीक्षणमा समस्या

रासस
भाद्र २५, २०७७
corona-vaccine-1200

Representative Image

लन्डन । अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ ।

खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको यो कम्पनी खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ ।

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिए ।

कम्पनीले ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले पनि एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन ।

अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो ।

संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width