चारभञ्ज्याङ तमु समाजलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७७
char

पोखरा । चारभञ्ज्याङ तमु समाज पोखरालाई लामा हित गुरुङले सहयोग गरेका छन्।

युके भ्रमण गरी नेपाल फर्केका पोखरा–८, बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई स्वागतक्रममा उनले ५० हजार १० रुपैया समाजलाई सहयोग गरेका हुन्।

लामाले चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदीप गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमु र समाजका कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङलाई रकम हस्तान्तरण गर्दै आफ्नो तीनपुस्तादेखि पुस्तौली सम्बन्ध रहेको चारभञ्ज्याङ तमु समाजलाई शुभलाभसहित सहयोग गर्न अवसर पाउनु शौभाग्यशाली ठानेको बताए।

कोभिड–१९ महामारीबीच युके बसाइँमा पनि आफ्नो गाउँलेहरु, आफन्तजन, इष्टमित्र र चारभञ्ज्याङबासीको ठूलो माया प्राप्त गरेको उनले बताए। उनलाई चारभञ्ज्याङ तमु समाजमा अध्यक्ष प्रदिपकुमार गुरुङ, संस्थापक अध्यक्ष तथा समाजका प्रमुख सल्लाहकार पुरनधोज गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमुले खादा, भाङ्ग्रा र बुकेद्धारा स्वागत सम्मान गर ।

Related News

सम्बन्धित समाचार

    • समन्वय समितिमै छ संक्रमितको भरोसा

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      हेमजा । केही हप्ता अघि हेमजा मेलबोटकी कोरोना संक्रमित पुनम गिरीलाई चिन्ता सुरु भयो अब कसरी निको हुने । संक्रमित…
    • औषधी व्यवसायी संघ गण्डकीको सहयोग

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ…
    • संस्कृत युवा मञ्चको घुम्ती रक्तदान

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा…
    • पाइएन काम, फेवामा ‘फिसिङ’

      धनबहादुर गुरुङ जेठ ३०, २०७८
      पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र…
    • चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

      प्रकाश ढकाल जेठ ३०, २०७८
      पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग