पोखरा, २५ भदौ । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका १९ जना छन् । त्यस्तै बागलुङमा ९, तनहुँमा ३, स्याङ्जामा १२, नवलपुरमा ५ र पर्वतमा १ जना रहेका छन् ।
संक्रमित मध्ये पोखरा–१५ की २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफनर्स हुन् भने पोखरा–३२ का ५० वर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत हुन् । पोखरा–१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्बतमा प्रहरीमा कार्यरत रहेका छन् । बाग्लुङ जैमिनीका ५१ बर्षीय महिला पोखराकोे फेवासिटी अस्पतालमा उपचाररत छन् ।
कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । बागलुङका जैमिनी, बरेङ र गलकोट, तनहुँका भिमाद र स्याङ्जाका पुतलीबजारका हुन् । त्यस्तै नवलपुरका कावासोती र देवचुलीका रहेका छन् भने पर्वतका संक्रमितको पालिका खुलेको छैन ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१