खोरामुख पहिरो पीडितलाई हङकङबाट सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
Help

पोखरा, २४ भदौ । हङकङ स्थित मर्दिखोला सेवा समिति हङकङ र संस्था अन्तर्गत मर्दिखोला आमा समुहले संकलन गरेको नगद तीन लाख पहिरोपीडितलाई हस्तान्तरण गरिएको छ । माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा गत साउन २ गते गएको पहिरोमा कुमार विक, समीर विक र रोजिना विकको ज्यान गएको थियो ।

संकलित रकम मर्दीखोला सेवा समिति हङकङकी महिला विभागका कोषाध्यक्ष सृजना गुरुङ र सह–कोषाध्यक्ष तुलसी गुरुङले मृतकका आफन्तलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

मृतकका हजुरबुवा प्रेमराज विकले दुःखको घडीमा आफ्नो भेगका हङकङबासीहरुले गरेको सहयोगले ठुलो राहत मिलेको बताउँदै सहयोगीहरुलाई धन्यवाद दिए ।

कोषाध्यक्ष सृजना गुरुङले सो रकम संकलमा जुट्ने मर्दिखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ्ग पदाधिकारीहरुलाई धन्यवाद दिइन् । समितिले यस भेगमा विभिन्न सामाजिक कार्य लगायत प्रकोपजन्य घटनाहरुमा सहयोग गर्दै आईरहेको समेत गुरुङले बताईन् ।

केहि दिन अगाडि मात्र मर्दिखोला सेवा समिति युकेको पहलमा पनि सोहि पहिरो पीडितलाई नगद दुई लाख आर्थिक सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width