पोखरामा कोरोना संक्रमित ७३ वर्षीया महिलाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
Corona Death

फाइल फोटो ।

पोखरा, २३ भदौ । पोखरा–१० निवासी कोरोना संक्रमित ७३ वर्षीया महिलाको उपचारक्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण भई सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएकी ती महिलाको मंगलबार दिउँसो ३: ५० मिनेटमा उपचारक्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जनाए ।

उनका अनुसार अस्पतालमा उपचारक्रममा मृत्यु हुने उनी नवौं संक्रमित हुन् । गण्डकीमा यो सहित कोरोनाबाट मृत्यु हुने संख्या २१ पुगेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका एक महिलाको पनि काठमाडाैंमा मृत्यु भएको मंगलबारमात्र प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width