नेपाल एग्रो लघुवित्त पाचौं वर्षमा

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
Nepal Agro_Fotor

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड मङ्गलबाट पाँचौं वर्षमा प्रवेश गरेको छ ।

पाँचौं वर्षमा प्रवेशका अवसरमा संस्थाले केन्द्रीय कार्यालय पोखरामा कार्यक्रम आयोजना गरेको छ । कोरोनाका कारण भिडभाड नगरी कर्मचारीका बीच वार्षिकोत्सव मनाइएको संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।

नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको संस्थाले आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आ.व ०७६।०७७ मा चुक्ता पुँजीलाई ५ करोड ७२ लाख पु¥याउन सफल भएको नि.प्रमुख बोहराले स्पष्ट पारे ।

आजसम्म आइपुग्दा संस्थालाई निरन्तर सहयोग पुर्याउने सम्पूर्णप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत वित्तिय संस्थाको कार्यलाई अझ थप प्रभावकारी रुपमा अगाडि बढाउने संस्थाका अध्यक्ष रमेश कर्मार्चायले बताए ।

वित्तीय संस्थाले हाल कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ जिल्ला गरि १० जिल्ला भित्रका २६ वटा शाखा कार्यालयमा कार्यरत ९७ जना कर्मचारी मार्फत १९ हजार ७ सय घर परिवार माझ वित्तीय कारोवार गरि रु.७५ करोड १० लाख २९ हजार लगानी गरेको र रु.२६ करोड पचासी लाख २२ हजार रुपैया बचत गरेको संस्थाका प्रमुख कार्यसञ्चालन तथा कर्जा विभाग प्रमुख नयन देवकोटाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width