राजस्व सङ्कलनः बैंकका शाखा खुला राख्न निर्देशन   

रासस
भाद्र २३, २०७७

काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ।

सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

यस्तै केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ । पछिल्ला दिनमा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले सीमित मात्रै शाखा कार्यालय सञ्चालन गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width