लागुऔषधसहित दुई पक्राउ

रासस
भाद्र २३, २०७७
Nepal Police

भक्तपुर, २३ भदौ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेको छ । उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • पुराना रुख काट्नेलाई कारबाहीको माग

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । माघ दोस्रो साता पोखराका विभिन्न टोलहरुमा सयौं वर्ष पुराना रुख र चौताराहरु नराम्ररी मुठारिए । टोल विकास संस्था…
  • कास्की पोखरा समाज जापानमा कमल

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा भएको अधिवेशनबाट…
  • कर्मयोगी भक्तराज सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । बगाले टोल विकास संस्थाले संस्थापक अध्यक्ष भक्तराज श्रेष्ठ र उनकी जीवनसंगीनी मोहनमाया श्रेष्ठलाई सम्मान गरेको छ । साथै…

hero news full width