१२ लाखको ट्राउट माछा नष्ट

रासस
भाद्र २३, २०७७
fish

बागलुङ, २३ भदौ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो ।

‘बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे’, फार्मका सञ्चालक पदम खत्रीले बताए, ‘झण्डै रु १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।’ उनका अनुसार गत चैतयता ९०० केजी जति माछा त्यसै खेर गयो ।

दुई पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् । बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताए ।

कोरोना सङ्क्रमणको जोखिम शुरु भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरु भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटलररेष्टुराँबाट माछाको माग आउँथ्यो । फार्मकै आडमा घरवास (होमस्टे) पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो ।

फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेष्टुराँसमेत चलाएका छन् । माछापालनमा खत्रीसँगै, प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला–४ का अध्यक्ष जीतबहादुर खत्री र व्यवसायी सुवास राजभण्डारीको लगानी छ । जीतबहादुर र पदम बाबुछोरा बताउँछन् । पदम सत्तारुढ नेकपा ताराखोलाको अध्यक्षसमेत हुन् ।

चार जना मिलेर दुई वर्षअघि शुरु गरेको फार्ममा रु एक करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताए । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा एक लाखभन्दा बढी भुरा अट्ने क्षमता छ । यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालक राजभण्डारीको भनाइ छ ।

फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् । बिक्रीका लागि योग्य माछा एक हजार २०० किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकहरुमा छ । ‘उद्योग, व्यवसायमा यस्तो चुनौती आउँछ’, सञ्चालक राजभण्डारीले भने, ‘कहिले घाटा, कहिले नाफा भइ नै हाल्छ ।’ शुरुमा नुवाकोटबाट भुरा ल्याएर ट्राउटपालन शुरु गरिएको थियो ।

बेच्न योग्य हुँदा तीन वटा माछाको तौल एक किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरु गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । माछापालनसँगै स्थानीय जातको कुखुरा पाल्न पनि शुरु गरिएको छ । फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width