पोखरा । प्रमुख अतिथि महानगरपालिका प्रमुख मानबहादुर जिसीले कार्यालय भवन उद्घाटन गरे ।
उनले सुविधासम्पन्न भवनबाट सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अब महानगरपालिका धाउनु नपर्ने गरी सम्पूर्ण अधिकार वडालाई दिएको जानकारी दिए ।
साथै कुनै पनि विरोधाभाष नभै समय सीमाभित्र भवन निर्माण भएकोमा वडा बासीलाई धन्यवाद समेत दिए ।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरूङ, पोखरा–१९ का अध्यक्ष एवं महानगरका सचेतक शोभामोहन पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्मित भवन अपाङ्गमैत्री हुनुका साथै विद्युतीय भर्याङसहितको व्यवस्था हुने गरी करीब ३ करोडको लगानीमा निर्माण गरिएको हो । भवन १६ रोपनी जग्गा क्षेत्रफलमा बनेको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा हालै वडा बाट सरूवा भई गएका वडासचिव सूर्यमोहन पौडेललाई बिदाइ समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य वडासदस्य तीर्थकुमारी गुरुङ र सञ्चालन सचिव देवान श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१