मल पाउन सास्ती

भीमपाणि बराल
भाद्र २२, २०७७
Lekhnath

लेखनाथ । मल पाइने आशामा कृष्णबहादुर नेपाली यसपालि पनि लाइन बसे । भीडभाडबीच घण्टौंसम्म पालो कुरे । र, अन्त्यमा १० केजी मलको पोकोमा चित्त बुझाउँदै बाहिरिए ।

पोखरा–२६ का कृष्णबहादुर आइतबार अर्घौचोकको रसायनिक मल वितरण केन्द्रमा यसरी लाइन बसेका हुन् । उनले भने, ‘जेठोबूढो र पहेंले धानका लागि करिब ५० केजी युरिया मल चाहिन्छ । तैपनि ढिलै भएपनि १० केजीले चित्त बुझाउनु पर्‍यो ।’

कृष्णबहादुरझैं अघिल्लो साता पनि मलको आशामा लाइनमै भेटिएकी थिइन्–पोखरा–२७ की सुशीला कँडेल । यो पटक आइतबार पनि लाइनमै देखिइन् । उनी कोरोना सन्त्रासबीच कुनै परवाह नगरी मल आशले लाइनमा बसेर मात्र १० केजी मल पाइन् । रित्तो हात फर्किनुभन्दा केही सन्तोष मान्दै उनले भनिन्, ‘पहिले पनि लाइन बसेको हो, पाइएन । रित्तै फर्केकी थिएँ । अहिले यही भए पनि पाएँ। जेठोबूढो र पहेंले धानलाई हाल्न मिल्छ तर अब मन्सुलीलाई ढिलो भो ।’
यो वर्ष सरकारले बेलैमा युरिया मल व्यवस्था नगर्दा कृष्णबहादुर र सुशीला जस्तै अन्य किसानहरु पनि मर्कामा छन् । पर्याप्त पानी परेर धानखेत राम्रोे भए पनि मलका कारण उत्पादन घट्ने हो कि भन्ने चिन्ता छ ।

पहिलो पटक गोडमेल गरेपछि मल हाल्नुपर्नेमा केही ढिलोले धानको बोट पहेंलो हुने र पसाउन समेत गार्‍हो हुने भएकाले सरकारी निकायको अपादर्शी कार्यले आमकिसान मर्कामा पारेको अर्घौ कृषि सहकारी सस्थाका अध्यक्ष हरि बस्ताकोटीको गुनासो रहेको छ ।

यता, मल बिक्री वितरण जिम्मा पाएको अर्घौ कृषि सहकारी संस्था लि. मल वितरण केन्द्रका प्रमुख कलाधर पाण्डेले माग अनुसारको आपूर्ति नहुँदा आवश्यकता अनुसार मल दिन नसकिएको बताए ।

सरकारले तोकेको २२ रुपैयाँ प्रतिकेजी दरले आइतबार ४० बोरा मल कोरोनाविरुद्ध सामाजिक दूरी कायम गरी वितरण गरिएको पाण्डले जानकारी दिए ।

युरियामा हुने नाइट्रोजनले धान हरियो बनाउने र हरियो भएपछि बाला पनि राम्रो लाग्ने भएकाले किसानहरु बिहानैदेखि अबेरसम्म यस्तै पसल अगाडि झुम्किएको देशभर पाउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

    • ‘स्याङ्जामा एक विद्यार्थी एक विरुवा’

      रासस असार ८, २०७८
      स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका विरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले कक्षा ६ देखि…
    • कृषकलाई यान्त्रिक हलो

      साधन राम्जाली असार ६, २०७८
      म्याग्दी  । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले बेनी नगरपालिका–५, पुलाचौरका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । वडा कार्यालयको…
    • आर्थिक उपार्जनका लागि बंगुर वितरण

      तोलाकान्त बगाले असार ५, २०७८
      वालिङ । वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर…
    • विवेकशील साझाको कृषि अभियान

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      स्याङ्जा  । स्याङ्जामा विवेकशील साझा कृषि अभियान सुरु भएको छ । कोरोना माहामारीले रोजगारी गुमाएका तथा स्वरोजगार बन्न इच्छुक दशौं…
    • वालिङमा बंगुर पकेट क्षेत्र

      तोलाकान्त बगाले जेठ ३०, २०७८
      वालिङ । वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका ३ ठाउँलाई पकेट क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर…

    hero news full width

    sanil ads

    wordlink ads