लमजुङमा एम्बुलेन्स चालक र बैंक कर्मचारीमा कोरोना

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
Coronavirus_green

पोखरा, २१ भदौ ।  लमजुङमा एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखा परेको छ । यस्तै, मुक्तिनाथ विकास बैंकमा कार्यरत् कर्मचारीमा पनि संक्रमण देखिएको छ ।
लमजुङमा आइतबार साँझ थप १४ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमित संख्या २ हजार ५ सय ३१ पुगेको छ ।

वेसीसहरस्थित मुक्तिनाथ विकास बैंकमा कार्यरत् ४१ वर्षीय पुरुष कर्मचारी, मस्र्याङ्दी २ का ५८ वर्षीय एम्बुलेन्स चालक (पुरुष) र भारतबाट फर्केका सुन्दरबजारका ३८ वर्षीय एक पुरुषमा पनि संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार साँझ विज्ञप्तिमार्फत पुष्टि गरेको हो । यस्तै, सुन्दरबजारका २ जना सरसफाइ कर्मचारीहरु ३८ र ५२ वर्षीया पुरुषमा संक्रमण देखिएको छ ।

कन्ट्याक्ट टे«सिङ आधारमा अन्य संक्रमित पत्ता लागेका हुन् । यसरी गण्डकीमा आइतबारमात्रै ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उता, गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । शनिबार मृत्यु भएकी गोरखा जिल्लाको गोरखा नगरपालिका ७ की ७६ वर्षीया वृद्धाको नमुना परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म १ हजार ७ सय ८५ जना निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width