गण्डकी प्रदेशका डीआईजी अर्याललाई कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
DIG Aaryal

पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सोक्रममा कन्ट्याक्ट ट्रेसिङ आधारमा अर्यालको नमुना संकलन गरी परीक्षण भएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना जोखिम बढेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width