चितवनमा एक सङ्क्रमितको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७

चितवन, २१ भदौ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

    • भयावह कोरोना, एकै दिन २२५ को ज्यान गयो

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । कोरोना भाइरस संक्रमण कारण गएको २४ घण्टामा २ सय २५ जनाको मृत्यु भएको छ । यो संख्या एकै दिनमा…
    • एमाले कास्कीका नेता भण्डारीको निधन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । नेकपा एमाले कास्कीका नेता शोभकर भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको छ । पार्टी विवादपछि माधव नेपाल समूहले…
    • टेम्पल ट्रीका आरएम आचार्यकाे कोरोनाले निधन 

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा ।  पर्यटनकर्मी कृष्ण आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।  उनी पोखराकाे लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टमा रेसिडेन्ट म्यानेजर…
    • कोरोनाले गण्डकीमा थप १२ को मृत्यु- विज्ञप्तिसहित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । कोरोना संक्रमणका कारण गण्डकीका विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न अस्पतालमा…
    • गण्डकीमा थप १० संक्रमितको मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      पोखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post