टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियामाथि घरेलु इङ्ल्याण्डको कठिन जित

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
Australia vs England, 1st T-20

तस्बीर साभार : क्रिकेट ट्रयाकर डट कम

पोखरा । पहिलो टी–ट्वान्टी क्रिकेट खेलमा अस्ट्रेलियाविरुद्ध घरेलु इङ्ल्याण्डले कठिन जित निकालेको छ ।

साउथह्याम्पटनमा भएको खेलमा इङ्ल्याण्ड २ रनले विजयी बनेको हो । इङ्ल्याण्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १ सय ६० रन मात्र बनायो ।


तस्बीर साभार : इएसपीएन क्रिक इन्फो डट कम

तीन टी–ट्वान्टी र तीन एकदिवसीय खेलका लागि इङ्ल्याण्डमा रहेको अस्ट्रेलियाले पहिलो टी –ट्वान्टीको खेल हारेको हो । टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको इङ्ल्याण्डले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाउँदा १ सय ६२ रन बनाएको थियो । इङ्ल्याण्डका जस बटलरले २९ बलमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै, टोलीका डेविड मलनले ४३ बलमा ६६ रन बनाए । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि डेभिड वार्नरले ४७ बलमा सर्वाधि ५८ रन बनाए । त्यसपछि, आरोन फिन्चले ३२ बलमा ४६ रन जोडे । टोलीका मार्कस स्टोइनिसले १८ बलमा २३ रन जोडे ।

इङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले २/२ साथै मार्क उडले १ विकेट लिए । अब, यि दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल आइतबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width