बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
badal

फाइल तस्वीर

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले बागलुङको ढोरपाटन क्षेत्रका बाढीपहिरो प्रभावितहरुलाई राहत सामग्री प्रदान गरेका छन् ।

मौसममा खराबी आएपछि बिहीबार पोखराबाट फर्केको गृहमन्त्री बादलसहितको टोलीले शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत् सिधैँ ढोरपाटन पुगेको हो ।

टोलीले बाढीले घरबास गुमाएका परिवारलाई त्रिपाल, टेन्ट, म्याट लगायत सामग्री वितरण गरेको छ । यस्तै, ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख दरले राहत उपलब्ध गराउने बताए ।

फाेटाेः किरण भट्टाराइ/ट्विटर

वडा ९, सुप्राङमा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै गृहमन्त्री बादलले बाढी प्रभावितहरुको राहत र पुनःस्र्थापनामा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री थापासहित बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने सांसद देवेन्द्र पौडेल पनि सम्मिलित थिए ।

यस्तै, गृहमन्त्रीले बाढीपहिरोले पूर्णरुपमा क्षति भएका घरको पुनःनिर्माणका लागि ३ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ढोरपाटनका मेयर सुनिलकुमार नेपालीले जानकारी दिए ।

बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजिखोलामा भीषण बाढी आएको थियो । बाढीले वडा ७, ८ र ९ मा गरी ठूलो धनजनको क्षति भएकोमा सबैभन्दा बढी क्षति वडा ९ मा भएको छ ।

फाेटाेः किरण भट्टाराइ/ट्विटर

सो घटनामा ३१ घर पूर्णरुपमा क्षतिग्रस्त भएकामा आंशिकसहित १ सय २५ घर क्षतिग्रस्त छन् ।

बाढीमा परेका ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।

बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका ५ शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width