लक्ष्मीलाई प्रवासबाट सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
help

पोखरा । पोखरा–१५, नयाँगाउँकी लक्ष्मी परियारलाई सहयोग प्राप्त हुनेक्रम जारी छ ।

थ्रि एञ्जल्स सामुदायिक रेडियोबाट प्रसारित कोरोना विपद्मा थ्री एञ्जल्स रेडियोको पहल कार्यक्रममा टेलिफोनमार्फत् गुनासो सुनाएकी लक्ष्मीलाई ठाउँ ठाउँबाट सहयोग प्राप्त हुन लागेको हो ।

यसैक्रममा कास्कीको ढिकुरपोखरी घर भइ हाल अमेरिका निवासी समाजसेवी सरिता गुरुङले सहयोग उपलब्ध गराएकी छन् ।

पोखराका अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितमार्फत उनले तत्कालका लागि लक्ष्मी र २ छोराछोरीका लागि खाद्यान्न र केही नगद समेत पठाएकी हुन् । सो सहयोग शुक्रबार फोटोपत्रकार रञ्जित र पत्रकार सुवेदीले लक्ष्मीकै निवासमा पुगी हस्तान्तरण गरे ।

सरितामार्फत तत्काल ५ हजार ५० बराबरको राहत प्रदान गरिएको र आगामी दिनमा दिगो समाधानका लागि पनि पहल गरिने पत्रकार सुवेदीले बताए ।

यसैबीच, लक्ष्मीलाई पोखरा न्यूरोडका रामबहादुर तामाङले खाद्यान्न र बालबालिकाका लागि लत्ताकपडा तथा नगद सहयोग गरेका छन् भने लामाचौरका मदन तरामुमगरले ग्याँस सिलिन्डरसहित चुल्हो दिएका छन् ।

दुःखको बेला सहयोग गर्नेहरुप्रति लक्ष्मीले आभार प्रकट गर्दै गुन कहिल्यै नभुल्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width