लेखनाथ । पोखरा २६, बूढीबजारमा रहेको जनप्रिय सहकारी संस्था लिमिटेडको लघुवित्त कार्यक्रममा आवद्ध अतिविपन्न आठ परिवारका सेयर सदस्यहरु सहयोग गरेको छ ।
प्राकृतिक प्रकोपका कारण आफू बसोबास गर्दै आएको मूलघर नै धरापमा परी क्षती पुगेको र विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारणले लगातारको बन्दाबन्दीबाट ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने सदस्यमा परेको प्रत्यक्ष प्रभावलाई मध्यनजर राख्दै संस्थाले खाद्यान्न तथा स्टेसनरी सामग्री सहयोग गरेको हो ।
पोखरा २६, गुँदेताल टोलमा ४ वर्षदेखि निरन्तर संचालित केन्द्र नं ३३१२ का ६ परिवार केन्द्र नं ३३०७ का १ परिवार र केन्द्र नं ३३१९ का १ परिवार गरि आठ परिवारलाई विहीवार सहयोग गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष नारायणप्रसाद बरालले बाढीपहिरो र कोरोना भाइरसका कारण दैनिक रुपमा जिविकोपार्जन गर्न समेत अफ्ठ्यारो परेका पीडित परिवारलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष मुरारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीन्द्रमोहन अधिकारीले स्वागत र सचिव जगन्नाथ तिमिल्सेनाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१