गण्डकी प्रदेशसभा सचिवालय सचिवमा पोखरेल

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
hari

पोखरा, १९ भदौ । गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले अधिवक्ता समेत रहेका पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा संविधानको धारा १९५ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । उनलाई शुक्रबार नै नियुक्ति पत्र समेत थमाइएको छ ।

पोखरा–२१, निर्मलपोखरीका पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् ।

प्रदेशसभामा लामो समयदेखि सचिव पद खालि हुँदा निमित्तबाट कार्यसञ्चालन हुँदै आएको थियो ।

गत असारमा प्रदेशसभा बैठकले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेपछि सभामुखलाई सचिव नियुक्तिको लागि बाटो खुलेको थियो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width