अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट राजीनामाः मन्त्रालयको कार्यभार प्रम ओलीलाई   

रासस
भाद्र १९, २०७७
TasbirSaujanya_RSS_cabinet2

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइका क्रममा कुरा गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्बीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय, रासस

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएकाे अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी ताेकेकी छन्।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएकाे राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width