वडा सिल गर्ने वडाध्यक्षको निर्णय

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७७
Corona_2

पोखरा, १९ भदौ ।  पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त बैठकले वडाका केही क्षेत्रहरु सिल गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरस संक्रमण जोखिम रहेको भन्दै भदौ १९ देखि २६ गतेसम्म लागू हुने गरी वडाका विभिन्न ठाउँमा सिल गर्ने उनीहरुले निर्णय गरेका हुन् ।

सिलको समयमा स्वास्थ्यजन्य, एम्बुलेन्स, अति आवश्यक क्रियाकलाप संचालन हुने छन् ।

यस्तै, खाद्यान्न तथा तरकारी पसल बिहान ११ देखि २ बजेसम्म खोल्न पाइनेछ ।

वडा १० का राजकुमार गुरुङ, वडा १२ का रामबहादुर कार्की र वडा १३ का लेखबहादुर तामाङले संयुक्त हस्ताक्षर गरेका छन् । पोखरामा कुल ३३ वडा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width