ढोरपाटन बाढीपहिरो : ३१ घर बग्दा १४ जनाको मृत्यु, २४ बेपत्ता

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७७
111

पोखरा । बागलुङको ढोरपाटनस्थित भुजीखोलामा बुधबार आएको भीषण बाढीपहिरोबाट परी १४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये २ जनाको मात्र सनाखत भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ८ महिला र ६ जना पुरुष छन् । मृत्यु हुनेमध्ये ढोरपाटन ९, भट्टचौरकी २६ वर्षीया केशमाया बिक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर बिकको मात्र पहिचान खुलेको छ । अन्यको सनाखत हुन सकेको छैन ।

अविरल वर्षापछि बुधबार राति १ बजेतिर ढोरपाटन नगरपालिका वडा नं ६, ७, ८ र ९ मा विभिन्न ठाउँमा पहिरोसहित भुजीखोलामा भीषण बाढी आएको हो । प्रहरीका अनुसार ३१ घर पूर्ण रुपमा बगाएको बाढीले बगाएको छ ।

यस्तै, बाढीले कुल १ सय ३५ घरमा आंशिक तथा पूर्ण रुपमा क्षति गरेको वडा ५ वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिए । बाढीले सबैभन्दा बढी वडा ९ का लाकुरीबोट, भुसुण्डे, सुप्राङ, दुवालका घरहरुमा क्षति पुर्‍याएको हो । रातिको समयमा आएको हुँदा मानवीय क्षति बढी हुन गएको वडाध्यक्ष पुनले बताए ।

बाढीपहिरोमा परी बेपत्ता हुनेहरुमा ढोरपाटन–९ बस्ने २० वर्षीय जीवन बिक, सोही ठाउँका ३४ वर्षीय नारायण बिक, २० वर्षीया टेकमाया बिक, उनकी १ वर्षीया छोरी, १५ वर्षीया मनिषा बिक, घट्टेचौरका २८ वर्षीय शनि बकि, उनको छोराहरु ५ वर्षीय रवि र १० वर्षीय रोशन, १५ दिनको बच्चा, २६ वर्षीया मनकुमारी बिक, २९ वर्षीय प्रेम पुन, भुसुण्डेकी ३० वर्षीया कुमारी बिक, १४ वर्षीय समुन्द्र बिक, १० वर्षीया पुनम बिक, ३० वर्षीय जितबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, घट्टेबोटकी ३५ वर्षीया करमति बुढा, ३५ वर्षीया रीनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकी ३ वर्षीया छोरी प्रकृति, ६० वर्षीया डोटी पुन बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

यस्तै, सानो कुगुका ३५ वर्षीय हेमबहादुर बिक, उनकी श्रमिती ३४ वर्षीया उजेली बिक, छोरा ८ वर्षीय दलु, १० महिनाको छोरा, ४० वर्षीय करबहादुर बिक, निजकी श्रीमती ३७ वर्षीया हस्तमाया बिक, दुनेपधेँराकी ६० वर्षीया तुलमति घर्ती, लाकुरीबोटकी ५५ वर्षीया कौशिला पुन, उनको छोरा २० वर्षीय विशाल, पावरहाउसकी २५ वर्षीया धनमाया बिक, उनको २ वर्षीय छोरा, सुप्राङका वीरे बिकको श्रीमती र २ छोराछोरीसहित ४ जनाको परिवार, गलकोट ४ घर भई ढोरपाटन घुम्न आएका २५ वर्षीय नवीन भण्डारी र ढोरपाटन ९ सुप्राङका नाम नखुलेका अन्य ३ जना पनि बेपत्ता भएका छन् । शव भेटिएका तर पहिचान नखुलेका पनि बेपत्ता भएका ती व्यक्तिहरुभित्र पर्दछन् ।

बाढीपहिरोमा परी ढोरपाटन–४, दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धमेन्द्र पुन र ५४ वर्षीया बेलमति पुन घाइते छन् । तीमध्ये महेन्द्र पुनको अवस्था गम्भीर छ ।

घटनास्थलको अवलोकन गरी फर्केका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले यति ठूलो बाढीपहिरो जीवनमै आफूहरुले पहिलो पटक देखेको स्थानीयलाई उदृद गर्दै बताए । उनका अनुसार ढोरपाटन जाने बाटो पूरै भत्किएको छ । बाढीले ढोरपाटन–९, दुवालका एकैघरका ८ जनासम्म परेका छन् ।

यसअघि २०७२ सालमा नजिकैको गाडी खोलामा पनि बाढी आएको थियो । तर घरहरु बगे पनि मानवीय क्षति टरेको थियो । तरयसपालि रातिको समयमा बाढी आएको हुँदा ठूलो मानवीय विपत्ति हुन गएको हो । गएराति सर्वप्रथम गाउँको माथिबाट देउराली सामुदायिक वन पहिरोसँगै खसेको थियो । बाढीपहिरोमा बाटोघाटो भुजीखोलाले बगाएको छ ।

यस्तै, ढोरपाटन नगरपालिकाका उपमेयर कदमती पुन मगरले ढोरपाटनमा ठाडो खोलाहरु धेरै भएको र ठूलो बर्षाद् भएकोले बाढीपहिरोले धनजनको क्षति हुन गएको बताइन् ।

सो क्षेत्रको खोला किनारमा गएराति आएको बाढी र पहिरोले केहीले हारगुहार समेत भन्न नपाउदै बाढी र पहिरोले बगाएको उनले जनाइन्। उनले भनिन्, ‘धेरै ठाउँमा खोल्साखोल्सी भएकोे हुँदा ठाउँ–ठाउँमा खसेको पहिरोले ताल बन्दै फुट्दै जादा लेदो ढुंगा माटो सहितको पानीको बहावले पत्याउनै नसक्ने गरी ढोरपाटनमा–९ मा रहेको जनजाति र दलित बस्तीमा क्षति पुगेको हो । केही व्यक्तिको घर भएको ठाउँ नै हाल पत्ता लगाउन कठिन हुने गरी बाढी र पहिरोले खोलाको दायाँ–बायाँ करिब ६० मिटरभन्दा बढी प्रभावित बनाएको उनले जनाइन्।

सो घटनापछि उद्धारका लागि बुर्तिबाङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको थियो । उद्धारमा स्थानीयवासी तथा जनप्रतिनिधि पनि खटिएका थिए ।

बाढीपहिरोले ढोरपाटन ९, सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ घर पूर्णरुपमा बगाएको छ ।

यस्तै, ढोरपाटनमा २ मोटरसाइमालमा घुम्न गएको ४ मध्ये एक बेपत्ता भएका छन् । बाँकी ३ जना भने डाँडा पुगेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनीहरुको २ मोटरसाइकल बाढीले बगाएको छ । भुकुण्डेमा पार्किङ गरिराखेको ग१ज ४१२५ नम्बरको पिकअप जिप समेत बगाएको छ ।

सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीन वटा जलविद्युत् आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।

घटनास्थल पुग्न जिल्ला सदरमुकाम बागलुङबाट ७/८ घण्टा लाग्छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width