७ वर्षीया प्रेन्साको फूड बैंक

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७७
Prensha Regmi

पोखरा । पोखरा बिरौटाकी ७ वर्षीया प्रेन्सा रेग्मीले फूड बैंक (प्रेन्साको भोक उपचार केन्द्र) संचालनमा ल्याएकी छन् ।

‘सकिन्छ दिएर जाऔं, सकिँदैन लिएर जाऔं’ नाराका साथ उनले पोखरा–१७, बिरौटास्थित चोकमा गत बुधबारदेखि सो फूड बैंक संचालनमा ल्याएकी हुन् ।

कोरोना महामारीका कारण लामो समय बन्दाबन्दी हुँदा आर्थिक स्थिति विपन्न भएका वर्गहरुको हितको लागि उनले खानेकुरा उपलब्ध गराउँदै आएकी छन् ।

हालसम्म पे्रन्साले २२ जनालाई साबुन, चामल, तेल, नुन, दाल साथमा मास्क लगायत राहत सामग्री वितरण गरेको जानकारी उनका बुवा रामकृष्ण रेग्मीले जानकारी दिए ।

प्रेन्साको सो अभियानमा सहयोग गर्नेहरु पनि रहेका छन् । जसमा टुनी नेपालका कृष्ण परियारले २ हजार, माछापुच्छ्रे यातायातका मार्केटिङ अफिसर सागर गिरीले ५ सय, सिन्धुली घर भइ पोखरा बस्ने सुजन पौडेलले ५ सय र
पोखरा बिरौटाका कल्पना रानाभाट र भगवान् रानाभाटले १ हजार बराबरको सामान सहयोग दाल, नून, तेल सहयोग गरिसकेका छन् ।

प्रेन्साले खाना खान नपाई भोकै रहेकाहरुलाई सहयोगका अलावा आफू जस्तै साना उमेरकाविद्यार्थीलाई कापी, कलम, पेन्सिल, कटर लगायत गरी स्टेशनरी सेट पनि निःशुल्क उपलब्ध गराउँदै आएकी छन् ।

लकडाउनको समयमा उनले कोरोनाविरुद्ध बच्न मास्क लगाऔं अभियान संचालनमा गरेर चर्चा कमाएकी थिइन् ।

सानो उमेरमा पनि सामाजिक क्रियाकलापमा संलग्न उनको सहयोगी भावनाको सबैले प्रशंसा गर्ने गरेका छन् ।

उनको बाबुआमाले बिरौटामै नमस्ते पोखरा स्टेशनरी चलाउँछन् । शिशु निकेतनमा पढ्ने प्रेन्सा त्यही स्टेशनरी नजिक बसेर राहत बाँड्छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width