पहिरो जोखिममा मानव बस्ती

सविन लामिछाने
भाद्र १८, २०७७
pahiro tanahun

दमौली ।  सेती नदीको कटानले पहिरो झर्दा तनहु“को भीमाद बजारका दर्जन बढी घरपरिवार विस्थापित भएका छन् ।

सेतीनदीमा वर्षेनी आउने बाढी कटानले १५ घर जति पहिरोले लगेको छ । सेतीनदीबाट माथि करिब ६० मिटरमा घर छन् । सेतीनदीले कटान गर्दै जा“दा माथिबाट पहिरो खस्दै गएको छ । अधिकांश घरका आधा भाग पहिरोमा परिसकेको छ ।

स्थानीय प्रकाश कलकल, डिसुवानी बज्यै, करश्वारा बाजे, कान्छी हिराचन, एकबहादुर बानियाँ, माइला पौडेल, रेनु वाग्ले, माया हिराचन लगायत १५ घरपरिवार विस्थपित भएको स्थानीय प्रकाश कलकलले बताए ।

उनले भने, ‘नदी कटानले घर पहिरोले लग्यो । पहिरोबाट विस्थापित भएका छौं । व्यापार राम्रो हुन्छ भनी जग्गा किनेर घर बनाइयो । पहिरो खस्लाजस्तो थिएन । नदीले कटान गरेपछि माथिबाट घरका आधा भाग झरी सकेको छ ।’

‘२०६१ सालदेखि पहिरोबाट विस्थापित भएका हौं,’ उनले थपे, ‘विस्थापितपछि १५ वर्षदेखि अन्यन्त्र ठाउँमा घरमा भाडामा बस्दै आएका छौं । घरखर्च चलाउन खाजाघर थियो । तैपनि पहिरो डरले बन्द भयोे ।’

उनका अनुसार अन्यन्त्र घरभाडामा १५ वर्षसम्म खाजाघर चलाए पनि व्यापार सोचेजस्तो भएन । त्यसैले अहिले केही महिनादेखि पहिरोमा परेको आधा भाग घरमा भएपनि खाजा सेन्टर राखेको उनी बताउँछन् । दिउँसो व्यापार गर्न आउने र सा“झ बास बस्न भाडामा कोठा लिइएको उनले सुनाए ।

१५ घरमध्ये विस्थापित घरपरिवार कहाँ गए भन्नेबारे थाहा नभएको स्थानीय रेनु वाग्ले बताइन् । ‘पहिरो जोखिममा मोलेर दिउ“सो व्यापार गर्न आउनु पर्‍यो,’ उनले भनिन्, ‘साँझ भने डर लागेर पसल बन्द गरेर जाने गरेका छौं । ज्यानको माया कसलाई लाग्दैन र ? सुख्खायाममा त डर छैन । तर लगातार पानी पर्‍यो भने त पहिरो कति खेर खस्छ भन्न सकिन्न ।’

पहिरोका कारण लाहुरे टोलका दर्जन बढी घर विस्थापित भइसकेका छन् । कुमारचोकदेखि रत्नचोकको सेतीनदी किनारतर्फ करिब २ सय घर पहिरोको जखिममा परेको छ ।

पहिरो र नदीका कटान रोक्न वर्षेनी कनिका छरे झैं बजेट आउने गरेको स्थानीय माया हिराचनले बताइन् । ‘सानो रकम आउँछ,’ उनले भनिन्, ‘त्यति सानो रकमले केही पनि हुँदैन । तटबन्धनका नाममा ४० वटा जाली भर्ने मात्र काम भएको छ । सेतीनदी किनारबाट घरको जगसम्म मेसिनरी पर्खाल राख्न उनले माग गरिन् । साथै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको जोड छ ।

भीमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बजारको कुमारचोकमुनि २०४८ सालदेखि सेतीनदीले कटान गर्न सुरु गरेको स्मरण गरे । २०५३ सालतिर बढी मात्रामा नदीले कटान गर्‍यो । झन् २०६१ सालमा सेतीनदीमा आएको बाढीले लाहुरे र कुमारचोकमा रहेका घर पहिरोमा परेको उनले बताए । पहिरो नियन्त्रण र नदी कटान रोक्न पटक–पटक सरकारसँग बजेट माग गरेपनि माग पूरा गरेन । थोरै मात्रामा बजेट आउने गरेको थियो । वर्षमा ५ लाख रुपैया“ जति बजेट आउने र त्यही बजेट नदी किनारमा क्याबिन जाली भर्दै आएको छ ।

‘अहिले भने प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘यसले नदीको कटान रोक्न केही सहयोग हुन्छ । पहिरो र नदी कटान रोक्न करिब १० करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ ।’

सरकारले पर्याप्त बजेट राख्यो भने स्थानीयले पनि १० प्रतिशत रकम उठाउन तयार छन् । भीमाद बजारको लाहुरे टोल, कुमारचोक र रत्नचोकसम्मका बस्ती पहिरोबाट नियन्त्रण गर्न सेतीनदीको किनारबाट माथि घरको जगसम्म ढलान गरेर पर्खाल उठाउनु पर्नेमा उनले बताए । प्रदेश र संघीय सरकारले पर्याप्त बजेट विनियोजन गरी पहिरो नियन्त्रणमा लाग्न सके ठूलो धनको क्षतिबाट बच्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width