गण्डकी ट्राफिक प्रमुख ढकालको स्वागत

Avatar आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
police

लेखनाथ । गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभुप्रसाद ढकालले सवारीचालकसँग ट्राफिकको व्यवहार सभ्य र सालिन हुनुपर्ने बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले ढकालको सम्मानमा राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूले जिम्मेवारी सम्हालेलगत्तै सडकमा उभिएका ट्राफिकको आनीबानीमा नै परिवर्तन हुने गरी मुस्कान सहित आवश्यक सोधपुछका कुरा अगाडि बढाउँदै जाने बताए ।

ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण गर्न प्रतिकूल मौसमबीच सडकमा उभिएका राष्ट्र सेवक हुन् तर नियम र परिधिमा रहेका सवारीचालकलाई दुःख दिने वा कुनै किसिमको आर्थिक लाभको काम ट्राफिकबाट हुन गयो भने आफूले सम्बन्धित ब्यक्तिलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए ।

ट्राफिक राज्यको प्रतिनिधि हो भन्ने भावनाले सावरीचालकले पनि ट्राफिकलाई हेर्नु पर्ने सुझाव दिँदै ब्यवहारिक र कानूनी पक्ष हेरेर सबैको हित हुने गरी ट्राफिक ब्यवस्थापन हुने बताए ।

कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीका व्यवहारिक पक्षलाई पनि हेरर सवारीसाधनको चेकजाँच गर्नुपर्ने सुझाव दिए । उनले दुःख दिने र राजश्व संकलनकै नाममा ट्राफिकका गतिविधि हुन नहुने धारणा राखे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा लगायतले दुर्घटना न्यूनिकरण गर्न सबैलाई ट्राफिक नियमबारे जानकारी गराउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग