तनहुँमा गाडी खसेर बेपत्ता

सविन लामिछाने
भाद्र १७, २०७७
inbound380862486463232388

तनहुँ, १७ भदाै ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा सवारी साधन खसेको छ । तर कुन सवारीसाधन खसेको भन्नी एकिन भएको छैन ।
जिल्ला टाफिक कार्यालय तनहुका प्रमुख रेशम बहादुर रानाभाटका अनुसार घटनास्थलको प्रकृति हेर्दा सवारीसाधन खसेको जस्तो देखिएको छ । मुग्लिन बाट दमौलि तर्फ आउदै गरेका यात्रुहरुले खबर गरेपछि घटनास्थल हेर्दा कुनै सवारी साधन नदीमा खसेको देखिएको उनले बताए । उनले भने , “ नदीको सबैभन्दा गहिरो भाग रहेकाले कुन सवारी साधन हो देखिएको छैन । गोताखोर मगाएका छौ ।”

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सडकको डिभाइडर भाँचेर कुनै सवारी साधन नदीमा खसेको जस्तो देखिएको बताए ।घटनास्थलमा गएका पौडेलले भने, “प्रमुख जिल्ला अधिकारी र म पनि अहिले घटनास्थलमा छु,” उनले थपे, “सवारी साधन यो भन्ने देखिएको छैन, सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएकाले त्यही हो की भन्ने अनुमान छ, एकिन भइसकेको छैन ।”

Related News

सम्बन्धित समाचार

hero news full width