नेलम्वो नेपाल र सेन्ट्रल गार्डेनबीच सहकार्य

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७७
Nelambo

हेमजा  ।पोखरा ४ स्थित नेलम्वो नेपालले लायन्स क्लव अफ पोखरा सेन्ट्रल गार्डेनको स्वास्थ्य सचेतना कार्यक्रममा सहकार्य गरेको छ।

क्लबले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा बृद्धि भइरहेको सन्दर्भमा निःशुल्क माक्स, सेनिटाइजर तथा ब्रोसर वितरण गर्दै आइरहेकोमा सो कार्यमा नेलम्बो नेपालले सहकार्य गरेको हो।

जसअनुसार बुधवार पोखराको आर्दशचोक, १८ गते पृथ्वीनारायण क्याम्पस गेट र १९ गते पृथ्वीचोकमा कार्यक्रम हुँदैछ ।त्यस्तै केही चोकमा भने कार्यक्रम भइसकेको जनाइएको छ ।

हाल दिन प्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै नेलम्बोले परियोजनाको तेस्रो चरण अन्र्तगत त्यसको रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले ब्रोसर सहित मास्क र सेनिटाइजर क्लबलाई सहयोग गरेको हो।

नेलम्बोले ५ हजार थान स्वास्थ्य सचेतनामूलक ब्रोसर, पाँच हजार मास्क र १५ लिटर सेनिटाइजर सहयोग गरेको हो।संस्थाका अध्यक्ष एकदेव देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कोषाध्यक्ष अञ्जना तझ्या, कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा भनाई राख्दै क्लष्टर २४ का प्रमुख माधवप्रसाद पौडेलले नेलम्बोले यस विषम् परिस्थितिमा गरेको कार्य प्रति आभार जनाए ।उनले माक्स, सेनिटाइजर र सचेतनामूलक पर्चाले कोरोनासँग डराई रहेकाको मनोवल उच्च हुने पनि औँल्याए।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले लायन्स क्लवसँग सहकार्य गरि काम गर्न पाउँदा खुशी लागेको बताए ।कार्यक्रमका बीच रु.६४ हजार ९ सय वरावरको सामग्री हस्तान्तरण गरिएको हो।उक्त कार्यक्रम लायन्स क्लव अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको थियो।

यसैबीच नेलम्बो नेपालले मंगलवारै पोखरा महानगरपालिका वडा नं २ लाई १ हजार पाँच सय थान मास्क र ५ लिटर सेनिटाइजर पनि सहयोग गरेको छ ।उक्त सामाग्री वडा सदस्य गौतम विजुक्छेलाई संस्थाका कार्यक्रम संयोजक डा. किसन कोइराला तथा हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटाले हस्तान्तरण गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width