कोरोनाले मृत्यु भएका स्वास्थ्यकर्मीलाई शहीद घोषणा गर्न माग

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७७
choosing-a-doctor

पोखरा । कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएका पहिलो स्वास्थ्यकर्मीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित संघसंस्थाहरुले कोरोनाबाट निधन भएका महोत्तरीका हेल्थ असिस्टेन कमलेश सहनीलाई स्वास्थ्य शहीद घोषणा गर्न माग गरेका हुन् ।

यसैबीच, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, गण्डकी प्रदेश अध्यक्ष शिव केसीले विज्ञप्ति प्रकाशित गरी सहनीलाई राज्यले शहीद घोषणा गर्न माग गरेका छन् ।

कत्र्तव्यपालनाक्रममा भएका यस्ता घटनाबाट स्वास्थ्यकर्मीहरु मर्माहतमात्र होइन, निरास पनि हुने स्थिति सिर्जना भएको उनले बताएका छन् ।

कत्र्तव्यपालना स्वास्थ्यकर्मीको धर्म भएजस्तै राज्यले भत्ताको लोभ देखाउनेमात्र नभई उनीहरुको सबैखाले सुरक्षा लिन सक्नुपर्ने विज्ञप्तिमार्फत जोड दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width