नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७७
ङ

पाेखरा, १६ भदाै । नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाको आयोजनामा मंगलबार संस्थाको आफ्नै कार्यालय छोरेपाटनमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ६२ युनिट रगत संकलन भयो । पोखरामा केही दिनदेखि बढेको रगत अभाव न्यूनीकरण गर्न सो कार्यक्रम गरिएको हो ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पहिलो रक्तदाता नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपमन्त्री उर्मिला खड्का भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

सो अवसरमा छोरेपाटनसहित सुशान्त टोल र प्रगतिटोलमा गरेर ६२ युनिट रगत संकलन गरिएको रेडक्रसकर्मी डिल्लीराम बरालले जानकारी दिए ।

यस्तै, कुँवर स्टेशनरीले पानी, डाबर नेपालका बेलबहादुर कार्कीले फ्रुर्टी, रेडक्रसका यशस्कर सदस्य चूडामणि बरालले अण्डा सहयोग गरेका थिए ।

रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, उपमन्त्री उर्मिला खडका भण्डारी, पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य शान्तादेवी गुरुङ, तारा परियार, बैकुण्ठ भण्डारी, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष चूडामणि बराल, उपशाखाका सल्लाहकार देवीबहादुर थापा, पदमबहादुर थापा, तुलसीराम बराल, रेडक्रसका यशस्कर सदस्य गोपाल बराल, विशिष्ट सदस्य महदत्त भट्टराई , रेडक्रसकर्मी डिल्लीराम बराल, बेलघारी टोल विकास संस्था अध्यक्ष वेदप्रसाद सुवेदीले आ–आफ्नो तवरले कार्यक्रममा सहयोग गरेका थिए ।

उपशाखाका सभापति झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन हरिप्रसाद लम्सालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width