भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
mukharji

पोखरा, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका मुखर्जीको नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचारक्रममा सोमबार दिउँसो ८४ वर्षको उमेरमा निधन भएको हो । उनलाई गत अगस्त १० मा कोरोना संक्रमण देखिएको हो ।

उनले २०१२ देखि २०१७ सम्म भारतीय राष्ट्रपति मुखर्जीले ५१ वर्षको राजनीतिक जीवनमा धेरै महत्वपूर्ण विभागहरु समेत सम्हालेका थिए । उनले वित्त, विदेश र रक्षा मन्त्रालय लगायत विभाग सम्हालेका हुन् ।

मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकको बोर्डमा रहेर पनि काम गरेका थिए । उनी भारत रत्नबाट पनि विभूति भएका थिए ।

यसैबीच, नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले मुखर्जीको निधनबाट आफू मर्माहत भएको बताएकी छन्।

उनले ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । मुखर्जीको निधनले नेपालले एक असल मित्र गुमाएको ट्विटमा उल्लेख छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले उनले निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् ।

ट्विट गर्दै उनले दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीे विभिन्न ओहदामा रहेर नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width