९ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने पक्रउ

विनिता सुनार
भाद्र १५, २०७७
photo

पोखरा, १५ भदौ । पोखरा रामबजारकी ९ वर्षीय बालिकालाई यौन शोषण गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१० बस्दै आएका ५५ वर्षीय रेशबहादुर गुरुङले आफ्नै घर–छिमेककी बालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएकोे हो ।

भूपू भारतीय सैनिक समेत रहेका गुरुङले बालिकालाई बिगत ४ ५ महिनादेखि ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । बालिकाका आफन्तले त्यसबारे थाहा पाएपछि उनी फरार भएका थिए ।

फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जासँगको समन्वयमा आइतबार टोड्केमा लुकिछिपि बसेको अवस्थामा स्याङ्जाबाटै प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दए ।

पक्राउ परेका गुरुङलाई जबर्जस्ती करणीको अभियोगमा म्याद थप गरी मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width