प्रहरीलाई नेलम्बोको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
nelambo nepal progrem photo

हेमजा  । नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आइतवार स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ।

संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम तथा नियन्त्रणमा पूर्ण सावधानी अपनाउन सामग्री प्रदान गरेको हो ।

सर्वसाधारणको सेवामा खटिने सुरक्षाकर्मीहरु संक्रमणको उच्च जोखिममा रहने भएकाले सुरक्षित रहेर कार्य गर्न सहज होस् भन्ने हेतुले सहयोग गरिएको हो।

संस्थाले ग्लोब्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन–९५ मास्क गरी कुल १ लाख २ हजार ४ सय १० बराबरका सामग्री प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

नेलम्बो नेपाल अध्यक्ष एकदेव देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कार्यक्रम संयोजक डा किसन कोइराला र जनसम्पर्क सूपरीवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले सामग्री हस्तान्तरण गरेको हो।

प्रहरी उपरीक्षक श्रेष्ठले नेलम्बो नेपालले सह्रानीय कार्य गरेको चर्चा गरे।उनले नेलम्बो नेपाललाई स्वास्थ्यसम्बन्धी थप क्रियाकलाप गर्न आग्रह समेत गर्दै भावी दिनमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरीलाई सामान्य स्वास्थ्य जाँच गरि दिन अनुरोध समेत गरेका थिए।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले यो महामारीमा रोगले भन्दा पनि मनोरोगले सबैलाई आक्रान्त पारेको भन्दै आफूहरुले त्यसमा थप सहजीकरण गर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width