पार्किङमा राखिएको ट्रकको ब्याट्री चोर्ने ५ जना प्रकाउ

विनिता सुनार
भाद्र १४, २०७७
photo

पोखरा, भदौ १४ । पार्किङ गरी राखिएका ट्रकको ब्याट्री चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा–१४ खसिबजार स्थित पार्किङ गरी राखिएका विभिन्न नम्बरका ४ वटा ट्रकहरुको ब्याट्री चाेरी गर्ने गिरोह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए।

प्रकाउ पर्नेमा बाँके नेपालगंज– ८ घर भई हाल पोखरा महानगरपालिका–१४ हेवलीमार्ग बस्दै आएका २४ बर्षीय कमल पुन, दाङ जिल्ला नारायणपुर–१० का १९ बर्षीय बिनोद भन्ने अजय चौधरी, धादिङ सिद्धेलेखका २५ बर्षीय पुर्ण बहादुर माझी, भारत विहार घर भई हाल पोखरा महानगरपालिक– १० बस्ने ४२ बर्षीय दिनेश शाह र ४२ बर्षीय बिनोद प्रसाद जैसवाल रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले ५ थान ब्याट्री बरामद गरेको छ । पक्राउ परेका ५ जनालाई कास्की जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width