एकैदिन २४ सहित गण्डकीमा २ हजार एक सय बढी संक्रमित

विनिता सुनार
भाद्र १४, २०७७
Blood sample tube positive with COVID-19

पोखरा, १४ भदौ । आजमात्रै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ संक्रमित बागलुङ जिल्ला, तमानखोला–२ का दुई महिला हुन, जसमध्ये १ स्वास्थ्यकर्मी हुन् भने अर्काे एकजना स्थानीय व्यापारी रहेको खुलेको छ ।

यस्तै तनहुँ जिल्ला, भानु नगरपालिका– ६ का ९ जना पुरुष, वडा नम्बर– ७ का १० जना पुरुष सहित ३ महिलामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अन्य सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएको हो । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।  हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण जितेर घर

फर्किनेको संख्या १६९३ रहेको छ भने प्रदेशभर १३ जनाले ज्यान गुमाईसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width