विश्वमा कोरोना : संक्रमित झण्डै साढे २ करोड

रासस
भाद्र १४, २०७७
Coronavirus_world

जेनेभा । विश्वमा २ करोड ४९ लाख २८ हजार ७ सय ८१ जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख ४१ हजार ६ सय ८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३ सय ७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७ सय २० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६१ हजार १ सय ८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६० लाख ९६ हजार ७ सय ५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८५ हजार ९ सय ६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख १९ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

भारतमा ३४ लाख ६८ हजार २ सय ७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३ सय ४६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख २९ हजार ९ सय ६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १ सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ५ लाख ९० हजार ५ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ८५ हजार ७ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ५५ हजार ६ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ५ हजार ९ सय ७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ११ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width