कहरमा बन्यो लघु चलचित्र

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
Kahar

पोखरा । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतिमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएको छ।

आकाश अधिकारीको कथा रहेको लघुचलचित्र ‘कहर’ मा दिवाकर भट्टराई, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारको भूमिका रहेको छ।

कोपिला सुनारको छायांकन र भिडियो छायांकन रहेको चलचित्रको निर्देशन समुद्र पौडेलले गरेका हुन् ।

कोरोनाका कारण पत्रिका वितरकको परिवारमा देखा परेको समस्या लघुचलचित्रमा उतारिएको लेखक आकाश अधिकारीले जानकारी दिए ।

चलचित्रमा कोरोनाले पारेको प्रभाव उतार्ने प्रयास गरेको निर्देशक समुन्द्र पौडेलले बताए । ‘कोरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै वर्गलाई समस्यामा पारेको छ,’ उनले भने, ‘यही विषयबस्तु चलचित्रमा समेटेका हौं ।’

Related News

सम्बन्धित समाचार

  • पोखरामा ‘सुनकेशरी’ को मञ्चन सुरु

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०७९
    पोखरा । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘सुनकेशरी’ को मञ्चन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संस्कृतिविद्…
  • भूर्तेललाई अवार्ड

    आदर्श समाज सम्वाददाता भाद्र १०, २०७९
    पोखरा । पोखरेली निर्देशक शिवराजा भूर्तेलले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । काठमाडौंमा हालै आयोजित एनइए अवार्ड…
  • हिमाली सांस्कृतिक परिवारमा ज्ञान

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०७९
    पोखरा । हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।…
  • ‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री

    विजय नेपाल भाद्र २, २०७९
    पोखरा । सधैं मुस्काइरहने अग्ला कदका डब्बु क्षत्रीको गीतसंगीतमा उचाइ पनि चुलिंदो छ । आफ्नो थुप्रै विधागत परिचय भए पनि…
  • हरिदवीको ‘यो घरमा लच्छिन छैन’

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । महिलाहरुको महान् पर्व हरितालिका तीज आउन २ सातामात्र बाँकी छ । तीजेभाखाका गीतसंगीतले सहरबजारमा तीज नजिकिंएको आभाष दिलाउन…

hero news full width