Worldlink ads

गजल प्रतिभा पुरस्कार भट्टराईलाई

Avatar आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
niraj bhattarai gazalkar
गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ ।
गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईलाई प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।
सन्ध्याका सल्लाहकार दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलिप दोषी, पूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित एक लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद १५ हजार, पाँच सय ५५ सम्मानपत्र र दोसल्ला रहेको छ ।
उनका ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन भएका छन् । मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।
उक्त पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।
सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको र स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • नरोऊ मायालु…

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ माघ १३, २०७७
      पोखरा । बाटुलेचौरको गन्धर्व वस्ती छेवैको एउटा एम्बुलेन्समा मधुर आवाजमा बजिरहेको थियो । ‘यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्‍यो…
    • मिलन समीरलाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

      Avatar आदर्श समाज सम्वाददाता माघ १२, २०७७
      स्याङ्जा । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको सुदीश निरौला स्मृति साहित्य पुरस्कार यस वर्ष स्याङ्जाका युवा साहित्यकार…
    • यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्‍यो दिमाख

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा माघ १२, २०७७
      पोखरा । यो दाजुको मिरमिरे आँखा  कस्तो मेरो बिगार्‍ यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, संगीत एवं…
    • कलाकार धनबहादुर गायककाे निधन

      Avatar आदर्श समाज सम्वाददाता माघ १२, २०७७
      पोखरा । सार‌ंगी संरक्षणका अभियन्ता, चर्चित गायक एव‌ं शब्द संकलक धनबहादुर गायककाे  साेमबार बिहान निधन भएकाे छ । खोलामा नुहाउने…
    • देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads