विप्लव नेकपाका जिल्ला नेता पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
arrested1.2e16d0ba.fill-650×500

बागलुङ । विप्लव नेतृत्वको नेकपा बागलुङका जिल्ला सदस्य केशव निउरे चैतन्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीको ताराखोला गाउँ जनपरिषद् प्रमुख समेत रहेका निउरेलाई बिहीबार राति उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।

निउरेको घर ताराखोला ५ मदमडाँडा हो। बेलुका खाना खाएर घरमै बसेका बेला प्रहरीले पक्राउ गरेको परिवारजनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width