पोखरामा कोरोनाका कारण ५२ बर्षीय पुरुषको मुत्यु

विनिता सुनार
भाद्र १२, २०७७
Dead_Body_Lucknow_571_855

पोखरा, भदौ १२ । कोरोना संक्रमणबाट आज पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १६ निवासी ५२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भई अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्ती मार्फत जानकारी दिए।

सुगर र प्रसेरको बिरामी उनलाई शुक्रबार बिहान पश्चिमाञ्चल अस्पताल लगिएको थियो । कोरोना सङक्रमणका कारण यस प्रतिष्ठानबाट हालसम्म छ जनाको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ।

गण्डकी प्रदेशमा यो सहित मृतकको सख्या १० पुग्यो । जसमध्ये पोखराका मात्रै ४ जनाको मृत्यु भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width