खुट्टा नभएको बाच्छो !

सविन लामिछाने
भाद्र १२, २०७७
bachho

तनहुँ । तनहुँमा बिहीबार गाईले चारवटै खुट्टा नभएको बाच्छोको जन्म दिएको छ । शुक्लागण्डकी–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पालेको गाईले सबैलाई आश्चर्यचकित पार्ने गरी खुट्टा नै नभएको बाच्छा जन्माएको हो ।

निधारमा तारा भएको निख्खर कालो रंगको सो बाच्छोको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्थानीय खम्बबहादुर गुरुङले बताए ।

मानिसले बाच्छो उचालेर दूध चुसाई दिएमा चुस्ने र गाईले पनि नचलीकन दिने गरेको उनले बताए । चारवटै खुट्टा नभएको बाच्छो हेर्न छिमेकीको घुइँचो लाग्ने गरेको छ ।

विगतदेखि व्यावसायिक गाईवस्तु पाल्दै आएपनि जिन्दागीमा पहिलो पटक यस्तो अवस्था देखिएको गाईपालक लोकबहादुर गुरुङले बताए ।

‘मेरो जीवनमै यो अचम्मै भयो,’ उनले भने, ‘कुनै–कुनै स्थानमा यस्तो प्रकृति पशु या मान्छे जन्मिए भन्ने सुन्ने गरेपनि आज आफ्नै आँखा अगाडि देख्न पाइयो ।’

बंशाणुगत कमजोरी कारण कुनै पशुमा यस्ता समस्या हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

यसमा अन्य कुनै समस्याभन्दा पनि जन्मजात दोषका कारण अपाङ्गता भएको जन्मिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width