निषेधाज्ञामा जुवा खेल्दै गरेका ५ जना पक्राउ

विनिता सुनार
भाद्र ११, २०७७
118580670_2661888767396897_3422761786971064080_n

पोखरा, भाद्र ११ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधवार जुवा खेलिरहेका ५ जनालाई प्रकाउ गरेको छ।

प्रहरीले साझँ ४ः३० बजेको समयमा पोखरा महानगरपालिका–१४ खसिबजार स्थित दि रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लिमा जुवा खेलिरहेको अवस्थामा ती जुवाडेहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए।

जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ३६ हजार १ सय ७० रुपैया बरामद गरेको छ। प्रकाउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी कानुनी कारबाही अगाडि बढाएको हमालले जानकारी दिए।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१३ मियापाटन बस्ने ४२ बर्षका जिवन नेपाली, बाझाँपाटन बस्ने ३५ बर्षका ओमबहादुर तिमिल्सना, चितवन भरतपुर–२५ घर भई हाल पोखरा महानगरपालिका–१४ बिपिमार्गमा बस्दै आएका ४० बर्षीय कृष्णहरी दवाडी र तनहुँ भिमाद–२ घर भई हाल पोखरा महानगरपालिका–१४ चाउँथे बस्ने ४० बर्षका ओमबहादुर आले रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width