६० सहसचिवको सरुवा, गण्डकीमा ३ फेरिए

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
Home_ministry_nepal

पोखरा । देशभर ६० जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो ।

तीमध्ये गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहसचिव इन्दु घिमिरे सरुवा भइ आएकी छन् । यसअघि उनी गृहमन्त्रालयमा कार्यरत थिइन् ।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका गणेशप्रसाद पाण्डे सरुवा भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

वन तथा वातावरण मन्त्रालयका महेश्वर ढकाल गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । सो प्रदेशको मन्त्रालयका दीपककुमार खनाल भने वन तथा वातावरण मन्त्रालय पुगेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्तालयकी सवनम शिवाकोटी अर्याल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पोखरामा सरुवा हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रामचन्द्र श्रेष्ठ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएका छन् ।

त्यस्तै, भौतिक पूार्वकार विकास मन्त्रालय गण्डकीका ईश्वरचन्द्र मरहठ्ठाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width